आर्थिक वर्ष २०७६/७७ को कुल राजस्व लक्ष्य १,११२ अर्बमध्ये पुस मसान्तसम्म ४३३ अर्ब रुपैयाँ अर्थात् ३९ प्रतिशत संकलन भएको छ । पुस मसान्तसम्मको लक्ष्यको दाँजोमा करिब १०० अर्ब रुपैयाँ कम राजस्व उठेको चर्चा मिडियामा आएको छ । नेपालको बजेट व्यवस्थापनको इतिहासमा केही अपवादबाहेक प्रायः आन्तरिक राजस्वले साधारण खर्चसहित केही हदसम्म वित्तीय खर्च पनि धानेको छ । जुनसुकै पार्टी…
“बाटो, सडक, राजमार्ग नै पूर्वाधारको पहिलो प्राथमिकता”
राष्ट्रको विकासमा यातायात पूर्वाधारको अत्यन्त महत्व हुन्छ। नेपालजस्तो ८० प्रतिशत भूभाग अग्ला पहाड र हिमालले ढाकेको तथा जनसंख्याको ठूलो हिस्सा ग्रामीण भेगमा बस्ने मुलुकमा यातायातसम्बन्धी भौतिक पूर्वाधार असाध्यै महत्वपूर्ण हुन्छ। आर्थिक सर्वेक्षण २०७५/०७६ अनुसार कुल ९२ हजार किलोमिटर गाडी गुड्नसक्ने सडकमा करिब १८ हजार किलोमिटर (२० प्रतिशत) कालोपत्रे राजमार्ग र २१ हजार ग्राभेल सडक छन्।…
चीनको दबाब झेल्न नसक्दा सार्कलाई विस्थापित गर्ने रणनीतिमा भारत
२१औँ शताब्दीको प्रवेशसँगै चीन र भारतको निरन्तर आर्थिक वृद्धिले एसियालाई विश्व मानचित्रमा पुनः स्थापित गराएको छ। इतिहास दोहोरिने क्रममा छ। अठारौं शताब्दीबाट सुरु भएको औद्योगिक क्रान्तिको एक शताब्दीसम्म पनि चीन र भारत नै विश्वका दुई ठूला अर्थतन्त्र थिए। हाल क्रमशः दोस्रो र छैठौँ ठूला अर्थतन्त्र रहेका यी मुलुक सम्भवतः सन् २०३० सम्म विश्वको सबैभन्दा ठूलो…
सी भ्रमणः भारतसँग निर्भरता अन्त्यको सुरुवात
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा चीनबाट लिन सकिने आर्थिक सहयोगको जोड घटाउ सुरु भइसकेको छ। सधैँ झैँ सञ्चार क्षेत्रदेखि आमनागरिक तथा विश्लेषकहरुसम्म पनि यो भ्रमणको मूल्यांकन गर्ने क्रममा उही परम्परावादी सोचको परिधिभन्दा पृथक् हुनेछैन। जति धेरै र ठूलो आर्थिक अनुदान तथा सहयोगको प्रतिबद्धता जुटाउन सक्यो, त्यति धेरै सफल हुने मापदण्ड यो भ्रमणमा पनि…
आज मेरा लागि ‘कुलमान दिवस’
सानो छँदा राजारानी र देशभक्तिले भरिएको गीत र समाचार रेडियो नेपालबाट घंकिन्थ्यो । यति सानो रेडियोमा कसरी मान्छे अटाएको होला भनेर अचम्म लाग्थ्यो । राजसंस्थाप्रति असीम श्रद्दा थियो । गाउँमा बिजुली थिएन, घरमा मत्तितेलको मधुरो टुकी बल्थ्यो तर बगाले परिवारको जिन्दगी रमाइलो र जीवन्त थियो । ६ बर्षको सानो उमेर मै मुवाबुवाले हिडेर तीन दिन लाग्ने पोखराको आवासीय स्कुलमा भर्ना गरिदिनु भयो । छुट्टीमा आउँदा जाँदा बुवाले मलाई…
परिवर्तन आफैंबाटः कर तिरौं, सही व्यक्तिलाई भोट हालौं
२०४६ सालको जनआन्दोलनले निर्दलीय व्यवस्थालाई प्रतिस्थापन गर्दै बहुदलीय शासन प्रणाली स्थापित गर्यो। पञ्चायतकालमा प्रतिबन्धित राजनैतिक दलका नेताहरुले आलोपालो गर्दै सत्ताको बागडोर सम्हाले। जनताको अभिमतबाट निर्वाचित हुनुको साटो जंगल पसेको एउटा राजनैतिक वर्ग देशमा दश वर्षे हिंसात्मक द्वन्द्व मच्चाएर अन्ततः मूलधारमा आए पनि सोही दलको एउटा सानो गुट फेरि जंगल पसेर विध्वंस मच्चाउने हर्कत गर्दै छ।…
अर्थतन्त्रको अर्ध-बार्षिकी समीक्षा
१. हालका वर्षहरुमा पहिलो पटक राजस्व संकलन भन्दा सरकारी खर्च कम हुन गई आर्थिक बचत (fiscal surplus) भएको छ | यसको प्रमुख कारण समीक्षा अवधिमा एकातिर साधारण खर्चमा ११% ले कमि आउनु र अर्कातिर राजस्व संकलनमा २०% ले बृद्दि हुनु हो | ६ महिनाको अवधिमा रु ७९ अरबको आर्थिक बचत देखिनु अर्थतन्त्रको लागि राम्रो सूचक…