ज्योतिषीको हवाला दिएर पचहत्तर बर्ष नाघिसकेका बृद्ध प्रधानमन्त्री शेर बहादुर देउबाले अर्को दुई पटक पनि प्रधानमन्त्री हुने सपना देखेका छन् | पाँच पटक सम्म प्रधानमन्त्री बने पनि देउबाले अहिले सम्म सम्झन लाएकको काम गरेको अनुभूति आम जनताले गरेका छैनन् | बरु आफ्नो हरेक कार्यकालमा केही न केही उत्फत्याङ्ग काम गरेको लामै सुची छ | पजेरो…
Category: Blog
नेपालको घोषणा पत्र
मुलुकको योजनाबद्ध विकासको इतिहास हेर्दा उपलब्धिको हिसाबले चौधौं बिकास योजना (सन् २०१६/१७ – २०१८/१९) हाल सम्म कै उत्कृष्ट रह्यो | यो तीन बर्षको अवधिमा औसतमा ७.७५ प्रतिशतको उच्च बार्षिक आर्थिक वृद्धि र ४.४ प्रतिशतको न्यून मुद्रास्फिति दर हासिल भयो | एक दशक लामो बिद्युत आपूर्तिको समस्याको समाधान, नयाँ संविधान जारी र भुकम्प पछिको पुनर्निर्माण जस्ता…
आर्थिक रणनीतिको ए बि सि डि
अहिलेको अत्यन्तै चुनौतीपूर्ण बाह्य तथा आन्तरिक आर्थिक चुनौती बीच मङ्सिरको चुनाब पछि बन्ने नवनिर्वाचित सरकारले अर्थतन्त्रलाई आर्थिक स्थायित्व र मुद्राश्फृति नियन्त्रण गरेर उच्च आर्थिक वृद्धि र उच्च रोजगारी शृजना गर्दै समाबेशी तथा दिगो विकासको लक्ष्यहरु हासिल गर्ने नीति अबिलम्ब कार्यन्वयन गर्नु पर्छ | हालको असहज आर्थिक परिस्थितिको प्रमुख जड आवरणमा कोविद तथा रसिया-उक्रेन युद्ध जस्ता…
पर्यटन र जलविद्युत् भन्दा परको विकास
गत बर्ष देशले अहिले सम्म कै उच्च ब्यापार घाटा बेहोरेको छ जसको कारणले बाह्य क्षेत्रमा उच्च दबाब पर्न गई आर्थिक स्थायित्व मै गम्भीर चुनौती थपिएको छ | असीको दशकको मध्य पछि पहिलो पटक मुलुकले यस्तो परिस्थिति सामना गरेको छ | हामी जस्तै विकासउन्मुख मुलुकहरुले औसतमा जीडीपीको ३२ प्रतिशत आयात गर्दा करिब २२ प्रतिशत निर्यात गरेर…
बुढीगण्डकी जल बिद्युत आयोजना प्राथमिकरण, एक माहा भुल
नेपालखबरमा पुष ६ गते २०७६ (डिसेम्बर २३, २०१९) मा प्रकाशित २०५८ सालमा निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना १९ बर्ष पुग्दा सम्म पनि सम्पन्न हुन सकेको छैन | दुई दशकको अन्त्य तिर निर्माण सम्पन्न हुनै लाग्दा मेलम्ची खानेपानी आयोजनाको झल्को दिने बुढी गण्डकी जल बिद्युत आयोजना अगाडी बढाइएको छ | १२०० मेगावाट क्षमताको बुढी गण्डकी…
बिस्तारित बजेटले मौद्रिक नीतिमा थपेको चुनौती
केन्द्रिय बैंकको सर्बोपरि उदेश्य आर्थिक स्थायित्व हो | मूल्य स्थायित्व, बाह्य क्षेत्रको स्थायित्व र बित्तिय स्थायित्व नै आर्थिक स्थायित्वका प्रमुख आधारहरु हुन् | आर्थिक स्थायित्व सुनुश्चित गर्ने क्रममा कसरी आर्थिक वृद्धिलाई टेवा पुराउन सकिन्छ भन्ने सन्दर्भ र सोच महत्वपुर्ण हुन्छ | समय समयमा सरकारको आर्थिक वृद्धि दरको लक्ष्य र केन्द्रिय बैंकको आर्थिक स्थायित्वको लक्ष्य बीच…
अनुत्तरदायी बजेट प्रणाली
बजेटले प्रक्षेपण गरेका कुनै पनि लक्ष्य हासिल नहुने कुरा ठोकुवा गर्दै यो लेखको सुरुवात गर्न चाहन्छु | ८ प्रतिशतको आर्थिक वृद्धि दर, ७ प्रतिशत को मुद्राश्फृति, मर्यादित रोजगारी बार्षिक ३० प्रतिशतले वृद्धि गर्ने लगाएत अनेकन मनगणन्ते साहायक लक्ष्य समेटिएको गफै गफले भरिएको कुनै पार्टीको राजनैतिक घोषणापत्र जस्तो लाग्ने बजेटको प्रस्तुतिले सम्पूर्ण बजेट निर्माण तथा अनुमोदनको…
तुलनात्मक लाभको उत्कृष्ट प्रतिबिम्ब: निम्स दाइ
सानो छँदा गाउमा आकर्षक बिदेशी गगल्स, छात्रे टोपी, जिन्सको पाइन्ट, ज्याकेट, जुत्ता, घडी लगाएर; क्यामेरा भिरेर र टेप घनकाएर छुट्टीमा गाउँ आउने ब्रिटिश पल्टनका नेपाली लाहुरेहरु हामी जस्ता कलिला उमेरका केटाहरुको लागि प्रेरणा हुन्थे | समाजमा उनीहरुको बिशेष सम्मान थियो | हाम्रै गाउँको एकाघरका तीन जना दाजुभाइ लाउरे थिए, त्यस्तो संयोगलाई गाउलेहरु ट्रिपल पप्लु भन्थे…
बजेट र बाह्य क्षेत्रको सन्तुलन
भूपरिवेष्टित मुलुक, भारत र चीनजस्ता अनुदार छिमेकी, कमजोर भौतिक पूर्वाधार, आधारभूत पारवहन सुविधाजस्ता विविध कारणले कार्बन व्यापार, डिजिटलाइजेसनजस्ता तौल र दूरीरहित वस्तु र सेवामार्फत विश्व मूल्य शृंखलामा जोडिने नयाँ रणनीति अवलम्बन गर्नुपर्छ । हाम्रो पूर्वाधारका प्रमुख प्राथमिकता भनेका मर्मत तथा सम्भार, बिजुली प्रसारण लाइन, सडक कालोपत्रे तथा ग्राभेल, सिँचाइ र तीन महिनाको माग धान्ने इन्धन भण्डारण हुन् ।…
परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं
छयालीस सालको जनआन्दोलनले निर्दलीय व्यवस्थालाई प्रतिस्थापन गर्दै बहुदलिय राज्य प्रणाली स्थापित गर्यो | पंचायत कालमा प्रतिबन्धित राजनैतिक दलका नेताहरुले आलोपालो गर्दै सत्ताको बागडोर सम्हाले | यो तीन दशकमा कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रिको प्रणाली बाहेक सबै राज्य व्यवस्थाको प्रयोग भयो | येद्दपी ओलीको दुई तिहाई सरकारको हैसिएत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रिको भन्दा कम थिएन |…
एसेम्बलिङ प्लान्टले अर्थतन्त्रमा योगदान दिँदैन, तौल र दूरीरहित व्यापारको प्रर्वद्धन आवश्यक : डा. विश्वास गौचनको लेख
कोभिडको समयमा माइनस २ प्रतिशतमा झरेको आर्थिक बृद्धिदर त्यसपछि पनि पनि सोचेअनुसार बढ्न सकेन । सरकारकै तथ्यांकअनुसार अहिले सो वृद्धिदर ४ प्रतिशतमा मात्र सिमित भएको छ । सामान्यतया दोस्रो बर्ष अलिकती राम्रो हुन पर्ने हो, नकारात्मक वृद्धिदरका कारण अर्थतन्त्र बाउन्स गरेर त्यही गतिमा माथि आउनु पर्ने हो, तर त्यो हुन सकेन । अहिले अपेक्षित आर्थिक…
बित्तिय स्थायित्व र बाह्य सन्तुलन
लामो अवधि पछि आर्थिक वृद्धि र मुद्रास्फृति दुवै अत्यन्त सकारात्मक हुदै गर्दा अर्थतन्त्रका केहि क्षेत्रहरु भने जोखिम उन्मुख हुन थालेको छ – बाह्य क्षेत्रको सन्तुलन र बित्तिय क्षेत्रको स्थायित्व | अन्तरराष्ट्रिय मुद्रा कोषले पनि पछिल्लो प्रतिबेदनमा बिस्तारित आर्थिक नीति र मौद्रिक नीतिकका कारण बाहिरी असुन्तलन, मुद्रास्फृति र बित्तिय स्थायित्व मा पर्न सक्ने नकारात्मक असर बारे…
‘सरकार राजस्वमै खुसी छ, अर्थतन्त्रको चिन्ता देखिएन,’ अर्थशास्त्री डा. विश्वास गौचनको विचार
अर्थतन्त्रमा देखिएको वर्तमान अवस्थाबारे चिन्तामिश्रित विश्लेषणहरु हुन थालेका छन्। यो परिप्रेक्ष्यमा हामीले अहिले एक-दुईवटा महिनालाई मात्र अलग्याएर हेर्नु हुँदैन। तत्काल र अल्पकालीन तथा दीर्घकालीन रूपमा पनि कस्तो असर पर्छ भन्ने पनि हेर्नुपर्छ। यदि यही प्रवृत्ति केही महिनासम्म गयो भने चाहिँ अलिक गम्भीर अवस्था नै आउन सक्छ। नेपालजस्तो विकासशील देशका लागि सबैभन्दा महत्त्पूर्ण आर्थिक सूचक नै…