Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan
March 28, 2022May 12, 2022

भारत प्रतिको हाम्रो निर्भरता आर्थिक होइन आयात हो

Spread the love

अधिकांश भारतीहरुको बुझाइ के छ भने भारत प्रति नेपाल पूर्ण रुपले आश्रित छ, फलस्वरूप नेपाल भारत प्रति सधै अनुग्रहित हुनुपर्छ | भारतीय बौद्धिक संजालमा पनि यो मनोवृत्ति हाबी छ भने भारतीय मिडियामा त यस्ता अतिबादी -राष्ट्रिय चिन्तन ब्यापक छ | २०१५ को नाकाबन्दि ताका भारतीय सामाजिक संजालमा नेपाल विरुद्ध यस्ता भावना र बिचारहरु निक्कै ब्यक्त भएका थिए | नेपाललाई दिने सबै किसिमका आर्थिक सहयोग बन्द गरेर घुँडा टेकाउनु पर्ने, इन्धन लगाएत सबै चिजमा दिने अनुदान बन्द गर्नुपर्ने, भारतीय सेनामा गोर्खाली भर्ना बन्द गर्नु पर्ने जस्ता नानाथरिका रास्ट्रबादी विचारहरु पोखिएका थिए | यी बिचारहरु यस्ता थिए मानौ भारतको अनुग्रह बिना नेपाल पूर्ण रुपले स्तब्ध हुनेछ | यहि घटना क्रम बाट प्रेरित भएर नेपाल भारतका द्विपक्षीय आर्थिक सम्बन्धका पाटोहरु अध्ययन गर्दा आश्चर्य लाग्दो तथ्यहरु जानकारीमा आएका हुन् |

भारतीय मात्र नभएर सामन्तया हाम्रो पनि सोहि बुझाइ छ – भारत प्रति नेपालको अत्यधिक आर्थिक निर्भरता | तर नेपाल भारतको द्विपक्षीय आर्थिक सम्बन्धलाई तथ्यगत विश्लेषण गर्दा आयात निर्भरतालाई नै आर्थिक निर्भरताको रुपमा बुझिएको देखिन्छ जसका कारण द्विपक्षीय सम्बन्धमा भारतलाई सधै कुटनैतिक फाइदा पुगेको छ | मेरो बुझाइमा आर्थिक निर्भरता र आयात निर्भरता दुई फरक चिजहरु हुन् | आयात निर्भरता आर्थिक निर्भरताको यौटा पाटो मात्र हो | नेपाल भारत प्रति आर्थिक निर्भर नभएर आयातमा निर्भर हो |

उधाहरणको लागी भुटान र नेपाललाई हेरौं | वास्तविक अर्थमा भुटान भारत प्रति आर्थिक र राजनैतिक हुसाबले पूर्ण रुपले निर्भर छ | भारतीय बैदेशिक लगानी मात्र नभएर, भारतले भुटानलाई बर्षेनी ठुलो मात्रामा आर्थिक सहयोग गर्ने गरेको छ | जल विद्युत निर्यातबाट राम्रो राजस्व संकलन गरे पनि भारतको आर्थिक सहयोग बिना भुटानले सरकारी खर्च पनि जोहो गर्न सक्दैन | भारतले सबै भन्दा बढी आर्थिक सहयोग गर्ने राष्ट्र भुटान हो | नेपाल भन्दा दस गुणा सानो अर्थतन्त्र भुटानको १२ औ पन्चबर्षीय योजना कर्वान्यवन गर्न भारतले भारु ४५ अरब बराबरको आर्थिक सहयोग दिने प्रतिबद्धता जनाएको छ | नेपालको हकमा भने भारतले बजेट मार्फत बर्षेनी भारु ३ देखि ४ अरबको आर्थिक सहयोगको प्रतिबद्धता जनाए पनि सो रकम भारतीय दुताबासले आफ्नै मातहातमा प्राय: राजनैतिक भुक्तानको रुपमा बाड्ने गरेको छ | नेपाल सरकारको नियन्त्रण बाहिर रहेको सो सहयोग नेपालको बार्षिक बजेटमा देखिदैन | वास्तविक बिडम्बना के हो भने सो बार्षिक अनुदान सिमानामा बस्ने नेपाली रोज सिमा पारि गएर दैनिक उपभोग्य समान खरिद गर्दा भारती सरह तिर्ने कर को सानो हिस्सा मात्र हो |

भारत प्रति आयातमा निर्भर भए पनि भुटान जस्तो आर्थिक रुपमा नेपाल कहिले पनि परस्त भएन | हदै सम्म नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने भारतले निश्चित रुपमा नेपालको विकासमा महत्वपुर्ण योगदान दिएको हुनुपर्छ भन्ने अनुमान स्वाभाविक हो | तर हाम्रो अनुमान र वास्तविकतामा ठिक बिपरित छ | हालका बर्षहरुमा करिब १५ अरब डलर बराबरको आर्थिक दोहन नेपाल जस्तो सानो मुलुकबाट बर्षेनी गर्दै आएको छ | विप्रेषणबाट प्राप्त सम्पूर्ण रकम २४ घण्टा पनि नबित्दै भारत तिर बाहिरिन्छ | नेपाल जस्तो सानो तथा अल्पविकसित मुलुकबाट भारतले यत्ति धेरै आर्थिक लाभ लिएको खबरले द्विपक्षीय सम्बन्ध तथा अन्तरास्ट्रिय जगतमा आफ्नो साखमा आँच आउन सक्ने जोखिमका कारण भारतीय पक्षले यो यथार्थ कहिले पनि उजागर नगर्ने र आफुले गरेको सहयोग र सदभाव मात्र एकहोरो रटान गर्ने रणनीति लिएको छ | आश्चर्यको बिषय के हो भने भारत जस्तो ठुलो राष्ट्रले नेपाललाई एकतर्फी आर्थिक दोहन गर्दै आए पनि यस्तो गहन बिषय उठान हुन सकेको छैन |

हामीलाई लाग्छ ५० लाख भन्दा बढी नेपाली भारतमा काम गर्छन् र अरबौ रुपैया नेपाल पठाउछन् | आइमएफ को विप्रेषण सम्बन्धि प्रतिबेदन अनुसार नेपालले हरेक बर्ष भारत संग २ अरब डलर बराबरको घाटा बेहोरेको देखिन्छ | नेपालमा बसोबास गर्ने भारतीले बर्षेनी ३ अरब डलर भारतमा पठाउछन भने भारतमा बस्ने नेपालीले जम्मा १ अरब डलर बराबरको विप्रेषण पठाउछन | अर्थतन्त्रको आकारको आधारमा सर्बाधिक विप्रेषण आयात गर्ने ५ राष्ट्र मदधे नेपाल एक भए पनि अर्थतन्त्रको आकार र प्रति व्यक्ति आयको आधारमा विश्व कै सबै भन्दा बढी विप्रेषण निकास गर्ने राष्ट्र पनि हो |

देशको कुल ब्यापारको ६५% हिस्सा भारतले ओगटेको छ | गत बर्ष भारतबाट करिब ७.४ अरब डलर बराबरको आयात भएकोमा यसपाली ८.५ अरब डलर पुग्ने निश्चित छ | साथै व्यापार घाटा गत बर्षको ७ अरब डलरबाट बढेर यो बर्ष ८ अरब डलर पुग्ने देखिन्छ | ब्यापार नाफामा भारतलाई सर्बाधिक योगदान गर्ने नेपाल तेस्रो राष्ट्र हो भने भारतले सर्बाधिक निर्यात गर्ने १० राष्ट्र मदधे एक हो |  ब्यापार घाटा र विप्रेषण घाटाबाट मात्र नेपालले भारतको अर्थतन्त्रमा बर्षेनी १०.५ अरब डलर बराबरको प्रत्यक्ष योगदान दिएको छ  |

भारतमा अध्ययनरत बिदेशी बिद्यार्थीमा सबैभन्दा बढी नेपाली छन | बर्षेनी हजारौ बिद्यार्थी उच्च शिक्षा हासिल गर्न भारत जान्छन | एक आकडा अनुसार दिल्लीको लक्ष्मीनगरमा मात्र ११ हजार सीए पढ्ने नेपाली बिद्यार्थी छन् जुन केहि बर्ष पहिले २३ हजार सम्म पुगेको थियो | बर्षेनी नेपालमा लाग्ने शिक्षा प्रदर्शनी र मेलाले सहजै अनुमान लगाउन सकिन्छ नेपाली बिद्यार्थीको विदेश मोह | गत बर्ष राज्यले रु. ३८ अरब बराबरको बिदेशी मुद्रा विदेश अध्ययनमा खर्च गरेको थियो भने यो बर्षको ६ महिनामा रु. २५.५ अरब खर्च गरिसकेको छ | सो खर्चको ठुलो हिस्सा पनि भारत निकास हुन्छ |

यौटा अध्ययनले भारतको चिकित्सा पर्यटन २ अरब डलर बाट बिस्तार भएर सन् २०२० सम्ममा ९ अरब डलर पुग्ने प्रक्षेपण गरेको छ | उपचारको क्रममा हजारौ नेपाली बर्षेनी भारत भ्रमण गर्छन | यस सम्बन्धि छुट्टै अभिलेख नभएपनि भारतको स्वस्थ पर्यटनमा सबै भन्दा बढी देन नेपालको रहेको सहजै अनुमान लगाउन सकिन्छ | यसै गरी २०१७ को भारतीय प्रतिबेदन अनुसार भारतमा आउने बिदेशी पर्यटकमा नेपाल १४ स्थानमा पर्यटन पर्छ भने नेपाल आउने भारतीको संख्या र भारत आउने नेपालीको संख्या लगभग बराबर रहेको छ | उक्त रिपोर्टमा स्थल मार्गबाट भ्रमण गर्ने नेपाली र भारतीको गणना नभएपनि स्थल मार्गबाट भ्रमण गर्ने नेपालीको संख्या उल्लेख्य रहेको छ | स्थल मार्गबाट भ्रमण गर्ने नेपाली को संख्या पनि जोड्ने हो भने नेपाल भारतको तेस्रो सर्बाधिक पर्यटक पठाउने राष्ट्रमा पर्छ | गत आ. व. मा नेपालले विदेश भ्रमणमा रु. ८० अरब खर्च गरेकोमा यो बर्ष रु. १०० अरब पुग्ने अनुमान छ | यसको प्रमुख लाभार्थी पनि भारत नै हो |

देशको करिब १० अरब डलर बिदेशी मुद्रा संचिति मदधे ४५% भारतमा राखिएको छ | २५% भारत सरकारको ऋणपत्रमा लगानी गरिएको छ जसको अर्थ नेपालले भारतको सरकारी खर्च प्रयोजनको लागि २.५ अरब डलर बराबरको रकम उपलब्ध गराएको छ | भारत सरकारको ऋणपत्रमा एकाध बिदेशी राष्ट्रले मात्र लगानी गर्छन भने सर्बाधिक लगानी गर्ने राष्ट्र नेपाल हो | सार्क रास्ट्र मदधे भुटान बाहेक अन्य कुनैले पनि भारतीय ऋणपत्रमा लगानी गर्दैनन् | बाँकी २०% भारतको बैंकिंग क्षेत्रमा निक्षेपको रुपमा राखिएको छ | यसरी ४.५ अरब डलर बराबरको प्रत्यक्ष बित्तिय लाभ भारतले नेपाल बाट लिदै आएको छ | मोदीले २०१४ मा नेपाल भ्रमणको बेला घोषणा गरेका १ अरब डलर बराबरको ऋण सहयोग भारतमा राखिएको नेपाल कै बिदेशी मुद्राको हिस्सा हो |

जम्मा २९ अरब डलर बराबरको अर्थतन्त्रको राष्ट्रले आफ्नो भन्दा सय गुणा ठुलो अर्थतन्त्रलाई यति धेरै आर्थिक योगदान गरेको उधाहरण संसारमा बिरलै भेटिन्छ | तर दुर्भाग्य, भारतले नेपाल प्रति सधै हेयको भाव राख्नु र हाम्रा बिकासको आकांक्षाहरुमा बाधक बन्नु असल छिमेकिको पहिचान होइन | ठुलो मात्रामा हुने अनौपचारिक ब्यापारबाट हुने फाइदा; नेपालमा भारतीय मुद्राको प्रचलन बाट हुने लाभ; कोशी, गण्डक र महाकाली जस्ता असमान सन्धि बापत भारतले गर्दै आएको नदीको एकतर्फी दोहन; नेपालीले सिमापारि दैनिक उपभोग्य सामान खरिद गर्दा तिर्ने स्थानिय कर आदि इत्यादी सबै जोड्दा नेपालले बर्षेनी भारतको अर्थतन्त्रमा १५ अरब डलर भन्दा बढीको योगदान पुराएको छ |

भारतीहरुले के कुरा बुझ्नु आवश्यक छ भने भारत संग हुने हरेक कारोबार बजार मूल्यमा नै हुन्छ र नेपालले इन्धन लगाएत कुनै पनि आयात अनुदानमा गर्दैन | यो आ.ब. २ अरब डलर बराबरको पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल भारतको लागि रणनैतिक ग्राहक हो, त्यसैले नेपालको पेट्रोलियम बजारमा एकाधिकार गर्ने भारतको महत्वपुर्ण ब्यापारिक तथा राजनैतिक रणनीति रहदै आएको छ | पाकिस्तान र चीन संग बारम्बार हुने द्वन्दमा प्राय: गोर्खाली सेना प्रयोग हुनु गोर्खाली प्रति भारतीय सेनाको बिश्वास र निर्भरता हो | यो नेपाल प्रतिको एह्शान नभएर, भारतीय रक्षा रणनीति हो | अन्यथा १२ करोड जनसंख्या भएको बिहार र २२ करोड जनसंख्या भएको उत्तर प्रदेशका भारतीहरुले नै भारतीय सिमानाको रक्षा गरेको हुनु पर्थ्यो |

छिमेकीहरुको नजरमा भारत यौटा ठुलो देश तर सानो चित्त भएको राष्ट्र हो | दक्षिण एसियामा क्षेत्रीय शक्तिको रुपमा उदयमान राष्ट्र आफै पनि दुई सताब्दी भन्दा बढी ब्रिटिश साम्राज्यको दास भएर बिताएर सन् १९४७ मा स्वतन्त्र भए पनि छिमेकी प्रति गर्ने व्यवहार भने अमर्यादित र हेपाहा प्रवृतिको छ | आर्थिक रुपमा पूर्ण रुपले परनिर्भर भुटानीहरु समेत भारतीय रबैया प्रति गोप्यरुपमा असन्तोष ब्यक्त गर्छन | द्विपक्षीय सम्बन्धका झिनामसिना कुरामा पनि बर्षौ सम्म निर्णय नलिदा नेपाल जस्ता भूपरिबेष्तिक राष्ट्र सधै पिडित हुनुपर्ने स्थिति छ | राष्ट्र संघले अति कम बिकसित तथा भूपरिबेष्तिक राष्ट्रलाई प्रत्याभूत गरेका अधिकार र सुबिधाहरु कुण्ठित पार्ने, ढिला सुस्ती गर्ने, नचाहिदो दुख दिने र बारम्बार नाकाबन्धि लगाउने जस्ता अमानविय घटनाबाट हाम्रो देश निरन्तर पिडित छ |

भारतको उत्तरपूर्वका आठ राज्यहरुको पहुँच भारतीय स्थलमार्गबाट सहज छैन | कलकत्ताबाट त्रिपुरा पुग्न १,६०० किमिको यात्रा तय गर्नु पर्छ | तर बंगलादेशको सदभाबले सो यात्रा ५०० किमिमा छोट्टीएको छ | भारतले पनि नेपाल-बंगालदेश र भुटान-बंगालदेश बिचको यातायातलाई सहज बनाउन सहयोग गर्न आवश्यक छ | त्यस्तै गरेर उत्तरपूर्वका ठुला नदिहरुबाट उत्पादित जल बिद्ध्युत बंगालदेश भुमिमा प्रयोग गरेर भारतको विभिन्न राज्यहरुमा प्रसारण गर्ने प्रस्ताब भारतले बंगलादेशलाई गरेको छ | उक्त प्रस्ताबलाई बंगलादेशले नेपाल, भुटान, भारत र बंगलादेश बिच अन्तरदेशीय सम्झौतामा बिकसित गर्नु पर्ने विचार राखेको छ | जबकी नेपालको बिजुली भारत मार्फत तेस्रो मुलुक निकास गर्न भारतीय लगानी हुनै पर्ने जस्ता अव्यावहारिक र एकाधिकार जमाउने खालको अड्डी लिदै आएकोमा बंगलादेशको आपत्ति पछि भने तेश्रो मुलुकमा बिजुली निर्यातको बाटो खुला गर्न केहि लचक भएको छ | राजनैतिक स्थायित्वका कारण हालका बर्षहरुमा बंगलादेशले उच्च आर्थिक वृद्धिदर हसिल गरेको र सो वृद्धिदर दिगो बनाउन बिद्युत आपूर्ति प्रमुख चुनौती छ | त्यसैले बंगलादेशले नेपाल र भुटान बाट आवश्यक बिद्युत आपूर्ति गराउने रणनीति लिएको छ | छिमेकिसंग गर्ने व्यवहार, सहयोग र समझदारी सम्बन्धि भारतले बंगलादेशबाट धेरै कुरा सिक्नु पर्ने देखिन्छ |

भारत संगको खुला सिमाना नेपालको लागी सधै चुनौती र सुरक्षाको बिषय रहने छ | सिमाना मिचिने र भारतीयहरुले नेपाली नागरिकता लिने क्रम नथामिने; सिमानामा बस्ने नेपाली आफ्ना दैनिक उपभोग्य सामान किन्न सिमापारी जान नरोकिने र अनौपचारिक ब्यापार फस्टाई रहने; र सिमा सुरक्षा सम्बन्धि संबेदनसिल बिषयहरु हाम्रा खुला सिमानाका प्रमुख चुनौतीहरु हुन् | द्विपक्षीय सम्बन्धका यी सबै महत्वपुर्ण बिषयहरुमा नेपाल सधै कमजोर र तल परेको छ |

नेपाल भारतका संयुक्त कार्यक्रमको अधिकांश समय औपचारिकतामा खर्चिने हाम्रो परम्परा अन्त्य हुनु पर्छ | सदिऔ देखिको अद्वितीय असल मित्रता र समान संस्कृतिक, सामाजिक, भौगोलिक, आर्थिक र राजनैतिक परिवेशका पक्ष मात्र एकहोरो रटान गरेर कार्यक्रम सकिने र वास्तविक मुद्दा जहाँको तहीं रहने र ओझेलमा परेको छ | कार्यक्रमको सुरुवात असली मुद्दाबाट सुरु गरी द्विपक्षीय मित्रवत सम्बन्धको औपचारिकता अन्त्यमा निभाए दुवै तर्फका नागरिक र सरोकारवालाहरु बिच द्विपक्षीय सम्बन्धका तथ्य कुराहरु उजागर हुदै जाने र सोचमा बिस्तारै परिवर्तन आई आपसी मतभेद र समस्याका गाँठो फुकाउन मद्दत मिल्ने बातावरण सिर्जना हुने थियो |

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2025 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!