बिगत तीन दशकमा नेपालको अर्थतन्त्र अत्याधिक परनिर्भर, जर्जर, उत्पादनहीन, र गतिहीन बन्दै गएर उच्च मूल्य स्तर र न्यून आयको चपेटामा परेको छ | विप्रेषणले भरथेग गरेको अर्थतन्त्र आत्यातित ब्यापार, उच्च जग्गा कारोबार, उच्च कर्जा, उच्च सेयर कारोबार, र उच्च सरकारी खर्चले लामो समय सम्म चलायमान भए पनि गतिशील हुन नसक्दा पछिल्लो बर्षहरुमा गम्भीर समस्या देखिएको छ | यस्तो अनुत्पादक आर्थिक अभ्यास कुनै पनि मुलुकमा दिगो हुन सक्दैन | अहिलेको संरचनात्मक चुनौतीलाई सम्बोधन गर्दै मुलुकको अर्थतन्त्रलाई गतिशील अर्थतन्त्रमा रुपान्तर गर्नुको बिकल्प छैन | लगानी अभिवृद्धि, उत्पादकत्व र उत्पादन वृद्धि, मूल्य अभिवृद्धि, निर्यात मार्फत विश्व अर्थतन्त्रसंग जोडिने उपायहरु द्वारा उच्च तथा दिगो आर्थिक वृद्धि तथा रोजगारी सृजना गरी गतिशील अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता हो |
I think the article is readable.